मत दिनुस्, नमुना प्रदेश दिन्छौंः विश्वप्रकाश

पोखरा ।
पोखरा उपत्यका नगर विकास समिति र फेवाताल जग्गा छानबिन समितिको जिम्मेवारीम हुँदा नमुना काम गरेका विश्वप्रकाश लामिछानेले त्यस्तै नमुना काम गर्ने मौका दिन मतदातालाई आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनबाट कास्की २ (१) का साझा उम्मेदवार लामिछानेले लोकतन्त्रमा निर्वाचन नै दल र नेताहरुको मुख्य परीक्षा भएको बताए ।
माओवादी केन्द्रका नेतासमेत रहेका लामिछानेले भने, ‘मैले जिम्मेवारी पाउँदा नमुना काम गरेको यहाँहरुलाई जानकारी नै छ, फेरि जिम्मेवारी दिनुभयो भने पछुताउनु पर्दैन ।’ माओवादी र कांग्रेसको सहकार्यले देशको व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै उनले अब अवस्था परिवर्तन पनि यिनै दलबाट सम्भव हुने जनाए ।
पोखरा प्राकृतिक, सांस्कृति रुपमा निकै सुन्दर र अनुपम रहेको जनाउँदै उनले यसलाई विश्वकै सुन्दर सहर बनाउन सकिने सम्भावना औंल्याए । लामिछानेले भने, ‘प्रकृतिले हामीलाई अथाह सम्पदा र सम्भावना दिएको छ । यसको संरक्षण गर्दै पूर्वाधार निर्माण र प्रचारप्रसारमात्र गर्न सके पनि यो क्षेत्रका मुहार फेर्न सकिन्छ ।
आफ्नो क्षेत्रमा विजयी भएमा स्वास्थ्य र शिक्षासँगै विकास निर्माणका काममा ध्यान दिने उनले प्रतिवद्धता जनाए । ‘अहिले देशका लागि असल नेतृत्वको अहिले आवश्यक परेको छ यसैका लागि हामी गठबन्धन गरेर आएका हौं,’ उनले भने, ‘कास्की २ (१) मा मलाई विजयी गराउनुभयो भने यस क्षेत्रको नमुना विकास गरेर देखाउनेछु ।’
पोखरा १७ मा शनिबार भएको घरदैलो र कोणसभामा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी वृन्दा रानाले स्थिर सरकार, रोजगारी, आर्थिक वृद्वि र भष्ट्रचार नियन्त्रणका लागि गठबन्धन बनेको बताइन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया