जनताका समस्या, मेरा एजेन्डाः विश्व

पोखरा ।
नेपालको संविधान र ऐनहरुमा जनताका लागि धेरै अधिकारको ग्यारेन्टी गरिएको छ । समाजवादतर्फको यात्रा जाने लक्ष्य लिएको संविधान व्यवहारमा कार्यान्वयन हुन बाँकी नै छ । बलियो राजनीतिक नेतृत्व र इच्छाशक्ति बिना यो सम्भव छैन ।
५ दलीय गठबन्धनले बलियो सरकार बनाएर मौलिक हकहरुको ग्यारेन्टी र समतामूलक समाज निर्माण गर्ने प्रतिवद्धता गरेको छ । केन्द्रको यही मार्गदर्शन अनुरुप कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले अब बन्ने सरकारले जनताका अधिकारको ग्यारेन्टी गरी संघीयताको अनुभूति दिलाउने वाचा गरे ।
आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारबीचको छलफलमा उनले यस्तो बताएका हुन् । लामिछानेले चार दशकदेखि परिवर्तनका लागि लागेको जनाउँदै अब अवस्था परिवर्तनको संवाहक बन्ने उल्लेख गरे ।
‘हामीले अधिकार संविधानमा लिपिवद्व गरेका छौं । आर्थिक, सामाजिक र संस्कृत परिवर्तन गर्नका लागि हामी आएका छौं,’ उनले भने । शिशु संविधान कार्यान्वयनका बेला घाँटी निमोठ्नेहरुलाई जनताले चिनेको उनको भनाइ छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया