नवलपुर ३७ रनले विजयी

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १०:५४

पोखरा ।
वाइ वाइ गण्डकी प्रदेश स्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुरले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत आइतबार भएको खेलमा नवलपुर ३७ रनले विजयी भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको नवलपुरले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय १२ रनको विशाल योगफल तयार पा¥यो । खेलमा म्यान अफ द म्याच भएका नवलपुरका दीपक डुम्रेले १ सय १५ बलमा ८५ रनको महत्वपूर्ण पारी खेले । टिमका लागि विज्ञान पाण्डेले ३८ रन जोडे । तनहुँका बलहरु प्रदीप अर्यालले ३ तथा सचिनराज अधिकारी र रिन्जिन लामाले समान २ विकेट लिए ।

जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको तनहुँले पूरा ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । तनहुँको तर्फबाट पासाङ दोर्जे तामाङले सर्वाधिक ४३ रन बनाए । रिन्जिन लामाले ३५ तथा पुस्कल गौडेलले २२ रन जोडे । नवलपुरका बलरहरु सगुन सापकोटा र शिशिर भुषालले समान ३ विकेट लिए । अपराजित पौडेलले १ विकेट लिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया