पूर्वाग्रह नराखी काम गर्छुः माइला

समाधान संवाददाता २०७९ कार्तिक २८ गते ११:३१

पोखरा ।
कास्की क्षेत्र १ (२) का उम्मेदवार दीपक गुरुङ ‘माइला’ले मतदातामाझ निर्वाचत भएपछि कसैप्रति पूर्वाग्रह नराखी काम गर्ने प्रतिवद्धता गरेका छन् । पाँच दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार माइलाले भने, ‘अहिले ५ दलको साझा उम्मेदवार हुँ, जितपछि सबैका साझा भएको अनुभूति दिलाउँछु । विकासमा राजनीतिक पूर्वाग्रह राख्ने छैन ।

घरदैलो तथा मतदाता भेटघाटमा उनले अबको बाटो विकास र समृद्धि भएको जनाए । ‘विकास निर्माणको काम गर्दा राजनीतिक पूर्वग्रह राख्नु हुँदैन,’ उनले भने, ‘त्यसैले गठबन्धन विकासका लागि भएको हो, विनासका लागि होइन । कसैलाई आक्षेप लगाउँदैनौं । सबै जनताले बुझिसकेका छन् ।’

उनले आइतबार पोखरा १४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । उनले जनताका योजना र आवश्यकता आफ्नो प्राथमिकता भएको सुनाए । ‘अब झुटो बोल्ने उम्मेदवारलाई जनताले पत्याउँदैनन्,’ उनले भने, ‘मतदातालाई विभिन्न योजना देखाउने र प्रभावित पार्न खोज्ने प्रवृतिको अन्त्य हुनपर्छ ।’

Advertisement

उनले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यस क्षेत्रको विकास, निर्माणमा समर्पित हुने गुरुङले प्रण गरे । मुलुकको समग्र विकासमा लागि स्पस्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्ने उनको भनाइ छ । विकास निर्माणको खाँका र इच्छाशक्ति पाँच दलीय गठबन्धनको सरकारसँग मात्र रहेको उनको दावी छ ।

Advertisement

तपाईको प्रतिक्रिया