फोटो पत्रकार संघमा दुर्गा

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १२:५६

पोखरा ।
नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन् । संघको सातौं साधारण सभाले उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिव उमेश पुन, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ (सुरज) सर्वसम्मत चुनेको हो ।

Advertisement

सदस्यमा अषेश शाक्य र सञ्जय शाक्य छन् । ११ सदस्यीय कार्यसमितिका बाँकी सदस्य समितिले चयन गर्ने निर्वाचन समिति संयोजक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष दुर्गाले संस्थालाई चलायमान र गरिमामय बनाउने प्रतिवद्धता गरे ।

कार्यक्रममा संस्थापक अध्यक्ष घनश्याम पौडेलले नयाँ कार्यसमितिले फोटो पत्रकारको हितमा काम गर्नुपर्ने बताए । द्वन्द्वका समयमा फोटो पत्रकारको हकहित र रक्षाका लागि खोलिएको संस्थाले अब पनि सोही कार्यलाई निरन्तरता दिनुपर्ने उनले औंल्याए ।

कार्यक्रममा सल्लाहकारहरु राम गुरुङ, कृष्णमणि बराल, ईन्द्रप्रसाद पौडल, निवर्तमान अध्यक्ष प्रदीप पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी सदस्य सुनिल पाण्डे लगायतले मोबाइलको जमानामा थपिएको चुनौतीलाई चिर्दै व्यावसायिकतातर्फ लाग्न सुझाव दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया