२९४ रुपैयाँमा २० जिबी डाटा

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १३:००

पोखरा ।
नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर ल्याएको छ । यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याक उपलब्ध छन् ।

डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपिएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यो अफर कात्तिक २७ देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट ८१४१५८११३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया