लेखनाथ जेसीजकाे कार्यक्रममा उम्मेदवारकाे भेला

लेखनाथ ।
मंसिर ४ गते हुने आम निर्वाचनले गाउँ, सहर, टोल र आँगनलाई तताई राखेको अवस्थामा लेखनाथ जेसीजले आफ्नो पक्षमा मत माग्न व्यस्त देखिएका उमेदवारलाई एउटै मञ्चमा उतार्न सफल भएकोछ ।
लेखनाथ जेसीजको सप्ताहन्त कार्यक्रम अन्तरगत निर्वाचनमा केन्द्रित कास्की निर्वाचन क्षेत्र नं.१ र प्रदेश सभा क्षेत्र नं.१ (१) का उम्मेदवारहरुसँग एउटै मञ्चमा राखेर जनताका प्रश्नमा नेतालाई उत्तर दिन लगाएको हो ।
जनताका माझमा पुगेर भोट माग्न व्यस्त रहेका उम्मेदवारलाई एउटै मञ्चबाट आफूले अगाडी सारेका योजना र जनातासँग गरिने प्रतिवद्धता प्रस्तुत गर्न पाउँदा सहभागी उम्मेदवारलाई थप सहयोग पुगेको देखिन्थ्यो ।
पोखरा ३० को शिशुवा चोकमा राखिएको कार्यक्रममा जनाताका प्रश्नमा नेताको उत्तर सुन्न र प्रत्यक्ष रुपमा सवाल जवाफ गर्न पाईने भएपछि सबै बर्ग र समुदायका जनताको उपस्थितीले कार्यक्रमलाई अझबढि रोचक बनाएको कार्यक्रम संयोजक अर्जुन ओझाको भनाई छ ।
कार्यक्रममा कास्की क्षेत्र नं १ का नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङ, नेपाली काँगे्रसका किशोरदत्त बराल, हाम्रो नेपाली पार्टीका प्रमोद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई, एकिकृत शक्ति नेपालकी सविना बेगम, मंगोल नेशनल अर्गनाईजेसनका यज्ञबहादुर गुरुङ, नेकपा माओवादीका टुकबहादुर सिंजाली, जनता समाजवादीकी समिला नेपाली मग्राती र स्वतन्त्र सौगात जिसी ले आफूले अगाडी सारेका चुनावी एजेण्डा र जनताका माझ गरेका प्रतिवद्धताका बारेमा प्रष्ट रुपमा व्याख्या गरेका थिए ।
कास्की क्षेत्र नं १ क अन्तरगत रहेका उम्मेदवारहरु मध्ये नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी, नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका दिपक कोईराला, हाम्रो नेपाली पार्टीका कर्णेल मदनबहादुर केसी, राप्रपाका बाबुराम थापा, जसपाका रामकाजी चर्माकार र स्वतन्त्र विश्वराज पौडेल लगाएतले आफ्नोे गाउँठाउँको विकासका लागि कुनै कसुर बाँकी नराखी देश र जनताको हितमा काम गर्ने उद्घोष गरेका थिए ।
जेसीजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष ऋषिराम जमरकटेल, उपाध्यक्ष प्रकास रानाभाट लगाएतले कार्यक्रमको उद्देश्य र उपयोगिताको बारेमा जानकारी गराएका थिए । महासचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा संयोजक अर्जुन ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया