बुद्ध एयरले पाेखरादेखि भारतका तीन ठाउँमा उडान गर्ने

पोखरा ।
बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानको तयारी थालेको छ । आगामी पुस १६ गते देखि सञ्चालनमा आउन लागेको विमानस्थलबाट बुद्धले भारतको बनारसमा उडान गर्ने भएको छ ।
उडानका लागि तयार रहन सुचना प्राप्तभएपछि प्रथम अन्तराष्ट्रिय उडानको रुपमा पोखरा बनारस पोखरा उडान गर्ने योजना बनाएको बुद्धले बताएको छ । आइतबार,मंगलबार र बिहीबार गरि हप्तामा ३ उडानको तालिका बनाएको जानकारी दिएको छ ।
एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकारसँग पहल गरिरहेको बुद्धले बतायो । भारत सरकारबाट रुट र स्लटको स्विकृती प्राप्त भएपछि पोखरा दिल्ली पोखरा प्रत्यक दिन २ उडान र पोखरा देहरादुन पोखरा हप्तामा ३ उडान गर्ने प्रकृया बढाइने बताएको छ ।
१९९७ अक्टोबर ११ मा बुद्धले पहिलोपटक सगरमाथाको माउन्टेन फ्लाइट गरेर आफ्नो ब्यवसायिक यात्रा सुरु गरेको थियो । बुद्धले नेपालगन्ज, भैरहवा, भरतपूर, सिमरा, जनकपूर, विराटनगर, भद्रपूर, पोखरा, धनगढी, सूर्खेछ र तुम्लिङटार जस्ता गन्तब्यमा सेवा संचालन गरिरहेको छ ।
बुद्धले अहिले पनि माउन्टेन फ्लाइट र अन्नपूर्ण माउन्टेन फ्लाइट संचालन गरिरहेको छ । बुद्धले सन २०१४ को अक्टोबर २ देखि त्रिभुवन विमानस्थलबाछ बनारस उडान सेवा संचालन गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मंसिर १४ गते परीक्षण उडान हुँदैछ । उडानका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा भइसकेको जानकारी दिएको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा पोखरा विमानस्थल निर्माण भएको हो ।










गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया