कास्कीको राजनीतिक पहिचान बनाउँछुः बराल

पोखरा ।
कास्की क्षेत्र १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता गरेका छन् । ‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ,’ उनले भने, ‘अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ ।’
बरालले मतदाताले गर्व अनुभूीत गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गरे । बलियो संसद निर्माण गर्दै देशको विकास र प्रगतिका लागि भूमिका खेल्ने उनको वाचा छ । उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आवश्यक रहेको जनाउँदै वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने विचार राखे ।
कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापन गर्ने योजना र नीति बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । पोखरा १४ मा सोमबार मतदाता भेटघाट र घरदैलोमा बरालले गठबन्धनको सरकारले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालापूर्जा उपलब्ध गराउने प्रतिवद्धता गरे ।
कांग्रेस कास्की सभापतिसमेत रहेका बरालको मुख्य प्रतिश्पर्धा एमाले जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार मनबहादुर गुरुङसँग हुनेछ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया