घट्टेखोला–धम्पुस कालोपत्र चाडैः रामजी

पोखरा ।
कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन् ।
उनले यो योजना अब टेन्डरमा गइसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफूहरुकै काँधमा आएको बताए ।
माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बरालले भने, ‘हामीले यो बाटो ल्याउन पहल गर्यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अवरोध चिर्दै योजना पारेका छौं,’ बरालले भने ।
उनले थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना सुरुआत गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने सुनाए ।
भौतिक निर्माणसँगै यहाँको कृषि र पर्यटनमा पनि गुणात्मक विकास गर्नु जरुरी रहेको उनको भनाइ छ । पहाडी र हिमाली क्षेत्रको पर्यावरण जोगाउने चुनौती सामना गर्ने योजना बनाउने उनले वाचा गरे ।
निरन्तरको विकासमार्फत यहाँका जनताको जीवनस्तरमा परिवर्तन गर्नुबाहेक आफ्नो कुनै स्वार्थ नरहेको उनले सुनाए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया