भूमिहिन सुकुम्बासीको समस्या समाधान एमाले सरकारले गर्छः श्याम

पोखरा ।
कास्की क्षेत्र नम्बर १ ख बाट गण्डकी प्रदेश सभा सदस्यका लागि उम्मेदवार वेदबहादु गुरूङ श्यामले सुकुम्बासीहरूका समस्या समाधान गर्ने बताएका छन् । मंगलबार पोखरा १४ को घरदैलो कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा धेरै भूमिहिन सुकुम्बासी भएकाले समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन् । उनले उनले सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रूपमै ती समस्या समाधान श्यामका प्रतिवद्धर्ता छ ।
उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने उल्लेख गरे । उनले आफूले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी ल्याउने उनको भनाई छ ।
आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङको भनाई छ । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने ।
०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष समेत रहेका गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘अवको बाटो भनेकै विकास र समृद्धिको हो ।’
तपाईहरुको मतको खेर जान दिने छैन । अब विकास र समृद्धितर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो,’ उनले भने । निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको भनाई छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राख्दिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’
उनले आफूले गाउँपालिका अध्यक्ष हुँदा कास्कीमा नमुना गाउँपालिकाको रुपमा मादीलाई पु¥याएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘मुलुकको विकास कसले गर्न सक्छन् र त्यसैलाई मतदाताले पहिचान गर्नुपर्छ,’ उनले भने ।
उनले एमाले बाहेकका अरु दलको सिङगल सरकार बन्ने सम्भावना नरहेको उनले बताए । उनले एमालेलाई भोट दिएर स्थायी सरकार बनाउन तपार्ईंहरुले समानुपातिक र प्रत्यक्षमा भोट दिनुस् ।’
उनले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन् ।’
बहुमतको सरकारले मात्र नेपालमा काम गर्न सक्ने श्यामले बताए । उनले आफूलाई देखाएको माया र विश्वासको सम्मान गर्ने बताए । ‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन गुरुङले भने, ‘शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’
तपाईको प्रतिक्रिया