चित्रकलामा रिना प्रथम

समाधान संवाददाता २०७९ कार्तिक ३० गते ११:०१

पोखरा ।
इन्द्रेणी थिएटर पोखराको आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७८ सोमबार भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः रिना पटेल, सपना नेपाली, रोशना पौडेल र आश्मा रिमाल बने । उनीहरुले क्रमशः ५ हजार, ४ हजार, २ हजार र १ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । उनीहरुले नगेन आर्ट एकेडेमीबाट ७५ प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत छुटसमेत पाएका छन् ।

प्राज्ञ नगेन सिंहले विद्यार्थीले चित्रकला मात्र बुझेका कारणले २ सय ३ चित्रकलामा १२ मात्र थिममा बनेको बताए । इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले प्रतियागिताको शीर्षक भाइटीका रहेको तर धेरै विद्यार्थीले अन्य चित्र पठाएका कारणले १२ कलाकृति मात्र छान्न परेको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया