मुख्यमन्त्रीबारे सनसनी भिडियो ल्याउँछु: पूर्वमन्त्री खड्का
समाधान संवाददाता
२०७९ मंसिर १ गते १०:१५

पोखरा ।
गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे सनसनी अडियो, भिडियो ल्याउने धम्की दिएका छन् । चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने अडियो, भिडियो सार्वजनिक गर्ने धम्की दिएका हुन् । चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए तपाईंहरुले भन्ने सनसनी अडियो, भिडियो ल्याउँछु,उनले भने ।
मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताए । पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको र केही योजनाका कारण आफ्नो पद गएको हुन सक्ने उनको आँकलन छ । माइतिघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ, उनले भने ।
सम्बन्धित







फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
हिसान स्पोट्र्स मिट : भलिबल र बास्केटबलका खेल सुरु
ओलीको टोलीमा गण्डकीका ४ दर्जन
हाटबजार र कृषि प्रणाली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया