आज प्रचारको अन्तिम दिन

पोखरा ।
मंसिर ४ गते हुने प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले प्रचार गर्ने बिहीबार अन्तिम दिन हो । राति १२ बजेपछि प्रचार गर्न नपाइने (मौन अवधि) समय सुरु हुन्छ । कात्तिक १७ गतेदेखिको यो अवधि निर्वाचन आयोगले प्रचारका लागि छुट्ट्याएको थियो ।
त्यसअघि भने उम्मेदवारी दर्ता लगत्तै उम्मेदवारहरुले घरदैलोमात्रै गर्न पाएका थिए ।
आम निर्वाचनका उम्मेदवारहरुमध्ये प्रमुख राजनीतिक दलहरु एमाले, कांग्रेस र माओवादीकै बिच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।
तर, यसबीच यसै वर्ष स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमुख दललाई चुनौती दिन अघि सरेका छन् । गण्डकी प्रदेशका ११ जिल्लामा प्रतिनिधि सभाका लागि १८ र प्रदेश सभाका लागि ३६ निर्वाचन क्षेत्र छन् ।
तिनमा दल र स्वतन्त्र गरी प्रदेश सभामा २३५ र प्रतिनिधि सभामा १९६ उम्मेदवार छन् । कास्कीका केही उम्मेदवारहरुलाई तपाईंलाई भोट किन भनेर सोध्दा उनीहरुले दिएको जवाफलाई आजको अंकमा समेटिएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया