नवलपुर क्रिकेट च्याम्पियन

पोखरा ।
वाइ वाइ गण्डकी प्रदेश स्तरीय क्रिकट छनौट प्रतियोगितामा नवलपुर लिगको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पूरा जित निकाल्दै ६ अंकसहित शीर्ष स्थान कायम गरेको हो । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा कास्कीले स्याङ्जामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंकसहित बन्यो ।
प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला ब्याटिङ गर्दै पूरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार पार्यो । कास्कीको तर्फबाट अर्जुन कुमालले ७५, शोहिल कुँवरले ६७ तथा सिब्रिन श्रेष्ठले ६४ रन बनाए । स्याङजाका बलरहरु संयोग बस्यालले ३ र बिमल कँडेलले २ विकेट लिए ।
स्याङजाको पारी ३३.३ ओभरमा १ सय ८ रनमा समेटिदा कास्कीका बलरहरु म्यान अफ द म्याच सुवास भण्डारीले ५ र सिब्रिन श्रेष्ठले २ विकेट लिए । स्याङजाका कृष्ण खड्काले २५ र करण पँगेनीले १५ रन जोडे ।
प्रतियोगिताभर कुल ९ विकेटसहित ५१ रन जोडेका कास्कीका सुवास भण्डारी सर्वोत्कृष्ट बलर, ३ म्याचमा १ सय ६० रन बनाएका कास्कीकै शोहिल कुँवर उत्कृष्ट ब्याट्स्म्यान तथा दिपक डुम्रे सर्वोत्कृष्ट खेलाडी भए ।
प्रतियोगिताका विजयी खेलाडीलाई प्रादेशिक खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, प्याप्सनका सल्लाहकार डोलराज पाण्डे, आयोजक संघका अध्यक्ष देवेन्सन प्रजु लगायतले पुरस्कार वितरण गरे ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया