नवलपुर क्रिकेट च्याम्पियन

समाधान संवाददाता २०७९ मंसिर १ गते १०:५१

पोखरा ।
वाइ वाइ गण्डकी प्रदेश स्तरीय क्रिकट छनौट प्रतियोगितामा नवलपुर लिगको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पूरा जित निकाल्दै ६ अंकसहित शीर्ष स्थान कायम गरेको हो । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा कास्कीले स्याङ्जामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंकसहित बन्यो ।

प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला ब्याटिङ गर्दै पूरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार पार्‍यो । कास्कीको तर्फबाट अर्जुन कुमालले ७५, शोहिल कुँवरले ६७ तथा सिब्रिन श्रेष्ठले ६४ रन बनाए । स्याङजाका बलरहरु संयोग बस्यालले ३ र बिमल कँडेलले २ विकेट लिए ।

स्याङजाको पारी ३३.३ ओभरमा १ सय ८ रनमा समेटिदा कास्कीका बलरहरु म्यान अफ द म्याच सुवास भण्डारीले ५ र सिब्रिन श्रेष्ठले २ विकेट लिए । स्याङजाका कृष्ण खड्काले २५ र करण पँगेनीले १५ रन जोडे ।

Advertisement

प्रतियोगिताभर कुल ९ विकेटसहित ५१ रन जोडेका कास्कीका सुवास भण्डारी सर्वोत्कृष्ट बलर, ३ म्याचमा १ सय ६० रन बनाएका कास्कीकै शोहिल कुँवर उत्कृष्ट ब्याट्स्म्यान तथा दिपक डुम्रे सर्वोत्कृष्ट खेलाडी भए ।

प्रतियोगिताका विजयी खेलाडीलाई प्रादेशिक खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, प्याप्सनका सल्लाहकार डोलराज पाण्डे, आयोजक संघका अध्यक्ष देवेन्सन प्रजु लगायतले पुरस्कार वितरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया