निर्वाचन विशेष
राजनीतिलाई भ्रष्टाचाररहित बनाउँछु

एउटा समुन्नत प्रदेश, समुन्नत देश, समुन्नत नेपाल, सम्मानित नेपाल भन्ने ध्येयका साथ मैले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको छु । आगामी मंसिर ४ गते हुने निर्वाचनमा तपाईं सबैको प्रतिनिधिको रुपमा तपाईंले देख्ने विकास, तपाईंहरुले सोच्नुभएको परिवर्तनको संवाहकको रुपमा तपाईंहरुको निरन्तर सेवा गरेर भ्रष्टाचाररहित राजनीति, इमान्दारी राजनीति गर्नका लागि मतदाताहरुलाई अमूल्य मत प्रदान गरिदिनुहुन विशेष अनुरोध गर्दछु ।
मेरो उम्मेदवारी र मेरो जित भनेको सधैं आदरणीय मतदाताहरुकै लागि हुनेछ र तपाईंहरुसँग सँगसँगै रहेर, हरेक कुरामा समन्वय गरेर लाग्ने मेरो प्रतिबद्धता छ ।
मलाई मत वास्तवमै मादी गाउँपालिकाको समृद्धिका लागि मादी गाउँपालिकामा पर्यटन विकासका लागि, पूर्वाधार विकासका लागि, गुणस्तरीय शिक्षाका लागि, स्वास्थ्यमा सुधारका कार्यक्रमका लागि दिनुहुनेछ भन्ने विश्वास छ ।
हामीसँग जलस्रोत र ऊर्जाले एकदम धेरै सम्भावना रहेको मादी छ, त्यहाँको जुन चाहिँ हाम्रो पानी छ, त्यसको स्थानीय स्तरकै हक हुनुपर्छ भन्ने मेरो मान्यता हो । यो सबै कुराले हामीसँग भएको पर्याप्त स्रोतलाई हाम्रै प्रदेशमा विकासमा लगाउन मेरो उम्मेदवारी हो । मतदाताहरु सबैको प्रतिनिधित्व रहने गरी काम गर्नेछु ।
मेरो उम्मेदवारी सँगसँगै मेरो जित त लगभग सुनिश्चित भइसकेको छ । र आदरणीय मतदाताहरुको अगाडि अब छिट्टै मैले गरेको प्रतिबद्धता पूरा गर्न आज जसरी मत माग्न घरदैलोमा आएको छु, त्यसरी नै आउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।









गण्डकीमा राष्ट्रिय सभा चुनावको जोडघटाउ
सम्पादकीय—सरकारको सय दिन : निर्वाचनको संशय र सुशासनको कडी
बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया