निर्वाचन विशेष
युवामा आशा सञ्चार गर्छु

महानगरका विकास मोडेललाई पोखरामा लागू गर्ने मेरो लक्ष्य छ । जसले पोखरामा एकीकृत विकासको प्रक्रियामा सहयोग पुर्याउँछ । पोखराका सबै क्षेत्रमा समान विकास गर्नुपर्छ । विकास भएका वडा र विकास नभएका वडाका जनताले कर समान रुपमा तिर्छन् तर सेवा, सुविधा समान उपयोग गर्न पाएका छैनन् । सुशासन, विकास, समृद्धि र समानता हाम्रा मुख्य विषय हुन् ।
हाम्रो पार्टीले विकास र समृद्धिमात्र होइन, अहिले सुशासन र समानताको विचार ल्याएको छ । हिजो सरकारले पूरा गर्न नसकेका जिम्मेवारी पूरा गर्ने हाम्रो दायित्व हो । राजनीतिलाई स्थिर बनाउनका लागि राष्ट्रिय शक्ति भएको पार्टीलाई जिताउन आवश्यक छ । जनताले राजनीति लोकतन्त्रप्रति जनताको विश्वास जगाउने काम हाम्रो पार्टीले मात्र गर्न सक्छ ।
हामी राजनीतिभित्र इमान्दारिता र सुशासनलाई विकास गर्न सक्छौं । परिपूर्ण लोकतन्त्रमा जानका लागि निर्वाचित हुनु महत्वपूर्ण मार्ग हो । निर्वाचन पार्टीमात्र होइन, योग्य सक्षम व्यक्ति चुन्ने मौका हो । जनताका आवश्यकता नै हाम्रा प्राथमिकता हुन् ।
जनताका मुख्य समस्या पहिचान गरेर त्यसलाई क्रमबद्ध समाधान गर्नेछौं । आजको समयमा युवा देशमा बस्न सक्ने अवस्था छैन, बसेका पनि निराश छन् । युवालाई स्वरोजगार बनाउने, विपन्न वर्गलाई आत्मनिर्भर बनाउने समानताको अभियानसहित अघि बढेका छौं । थोरै काम गर्ने तर जनतालाई पूर्ण सन्तुष्टि दिने हाम्रो प्रयास हो ।









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया