निर्वाचन विशेष
लोभलाग्दो डेलिभरी दिन्छौं

म कास्कीको विकासका लागि अहोरात्र काम गर्न सक्ने व्यक्ति हुँ । मैले यसअघि कास्कीको जिल्ला विकास समिति सभापति भएर काम गरिसकेको छु । कास्कीका जनताका लागि के गर्दा भलो हुन्छ, मलाई जानकारी छ ।
विकास र समृद्धिका लागि मेरो उम्मेदवारी हो । काम गर्ने दृढ इच्छाशक्ति ममा छ । पोखरालाई पर्यटकीय राजधानी बनाउन, अव्यवस्थित सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिन, गरिबीको रेखा घटाउन र कृषि आधुनिकीकरणका लागि मेरो उम्मेदवारी हो ।
बसपार्कदेखि मेरो क्षेत्रका ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, रोजगारीको काम गर्न मेरो उम्मेदवारी हो । यस क्षेत्रको समग्र विकास र छलाङका लागि नै म चुनावी मैदानमा आएको छु ।
म निर्वाचित भएको खण्डमा साँच्चिकै लोभलाग्दो डेलिभरी दिन सक्छु भन्ने आत्मविश्वास छ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार एकै समूहको भयो भने काम गर्न पनि सहज हुन्छ र विकासको कामले पनि द्रुत मार्ग समाउँछ ।
अहिले पोखरा महानगरपालिकामा गठबन्धनबाट निर्वाचित मेयर हुनुहुन्छ । निर्वाचनपछि केन्द्रमा पनि सत्तारुढ गठबन्धनले नै सरकार बनाउँछ । यसकारण हामी पाँच दलीय गठबन्धनकै उम्मेदवारले जित्ने हो भने सहज हुन्छ ।
गठबन्धनको सरकारले एकै स्पिरिटमा काम थालेपछि असम्भव भन्ने केही हुँदैन, नरोकिने ढंगले काम गर्न सक्छौं । सहकार्य पनि त्यही रुपमा हुने भएपछि मलाई जिताए यस क्षेत्र र यहाँका मतदातालाई निकै धेरै फाइदा पुग्छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया