निर्वाचन विशेष
जनतामा आशा भर्छु

जनताले अमूल्य मत दिएर जिताएर पठाउनु भनेको आफ्नै बारेमा निर्णय लिने अधिकार ५ वर्षका लागिसांसदलाई दिनु हो । हाम्रो अवस्था किन परिवर्तन भएन भन्दा हामीले जिताएर पठाएका सांसदले परिवर्तनका लागि आवाज नै उठाएनन् । जनताप्रति कहिल्यै उत्तरदायी भएनन् ।
जनताप्रति उत्तरदायी व्यवस्था ल्याउन राप्रपालाई मतदान गर्नुपर्छ । देशको स्थिति झन झन् नाजुक बनिरहेको छ । विदेशी ऋणले देश डुबेको छ । सत्ताको लुछाचुडीमा नेता रुमल्लिएका छन् । धर्म मासेका छन् । युवा पलायन बढ्दो छ । यसलाई रोक्ने एजेन्डा राप्रपासँग मात्र छ । जुन हामीले घोषणापत्र र हाम्रा अपिलमा पनि उल्लेख गरेका छौं ।
हामीले अभिभावकका रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संघीयताको खारेजी र हिन्दू राष्ट्र भनेका छौं । विश्वकै सुन्दर पर्यटकीय ुसहर भएर पनि यहाँका अस्तव्यस्तता, ग्रामीण क्षेत्रको अविकास, ताल तलैयादेखि प्रकृति संरक्षण र सांस्कृतिक धरोहरका संरक्षण र प्रवद्र्धनमा केही काम भएनन ।
उल्टै पोखराका हजारौं रोपनी सरकारी जग्गा मास्ने, पार्टी र नेता मिलेर हडप्ने प्रवृत्ती बढेर गयो । यतिसम्म कि, पोखराबाट नजिकै भलाम खोलाका किसानका उत्पादनले समेत बजार नपाउने र किसान मर्कामा परेका छन् ।
युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतामा लाग्न पाउने वातावरण बनाउन र भविश्यप्रति आशावादी बनाउन पनि मेरो उम्मेदवारी हो । पोखरालाई वास्तवमै सुन्दर शहर, शान्त शहर, प्रकृति र संस्कृतिको जगेर्ना भएको सहर बनाउने मेरो धोको छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया