निर्वाचन विशेष
भ्रष्टाचार मुक्त देश बनाउँछु

अहिले देश भ्रष्टाचारले ग्रसित छ । जता हेर्यो, त्यतै भ्रष्टाचार छ । भ्रष्टाचार मुक्त देश बनोउने उद्देश्य मेरो छ । पार्टीमा पनि आफ्नालाई मात्र अवसर दिइने गरिएको छ । सक्षम र योग्य व्यक्तिले अवसर पाउनुपर्छ, तबमात्र देशमा समृद्धि आउँछ । मैले पार्टीमा आकांक्षा राखेकी थिएँ ।
उहाँहरुले तपाईंको पार्टीमा योगदान पुगेको छैन भन्दै मेरो प्रस्ताव अस्वीकार गर्नुभयो । पार्टीकै आन्दोलनमा मैले मेरा बुवाआमा गुमाएकी हुँ, यत्रो बलिदानलाई उहाँहरुले कदर गर्नुभएन । पार्टीका लागि त्याग, बलिदान, सर्मपण दिएका कार्यकर्ता, उनीहरुका परिवार आज कुन अवस्थामा छ, कहाँ छन्, पार्टीलाई न कुनै वास्ता छ न जानकार नै छ ।
जनयुद्धसँग जोडिएकाहरुको सम्मान तथा सवालका लागि उम्मेदवारी दिएकी हुँ । सहिदको सम्मान र परिचयका लागि आवाज उठाउनेछु । तथ्यांकमा १७ हजार भनिए पनि त्यो भन्दा धेरै जना सहिद हुनुभएको छ । सहिदका परिवार तथा घाइतेलाई सरकारका तर्फबाट गर्न सकिने सहयोगका लागि अपिल गर्नेछु ।
मध्यम र तल्लो वर्गका लागि स्वास्थ्य र शिक्षा निशुल्क गर्नेछु । कृषकका उत्पादन बजारसम्म पुर्याउने व्यवस्था साथै उचित मूल्य पाउने छन् । महिला तथा पछाडि पारिएका वर्गको हक, अधिकारका लागि आवाज उठाउनेछु । संविधानमा लेखिएका सबै नीति, नियम कार्यान्वयन गर्न पहल गर्ने छु ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया