पर्यटन, ऊर्जा र कृषिबाट समृद्धि

देशमा व्यवस्था बदलिएर गणतन्त्र आयो । संघीयता आयो । संविधान बन्यो । तर जनताको अवस्था भने बदलिएन । बरु देशको व्ववस्था र जनताको अवस्था बदल्न हिंडेका केही आफैं बदलिए । त्यसैले अब अवस्था बदल्नु छ । तर धेरैका ओठे मुद्दामात्र छन् । त्यसलाई व्यवहारमा उतार्ने कुनै योजना, भिजन र मिसन छैन ।
जनताको अवस्था बदल्ने हो भने उद्यमशीलताको विकास गर्दै स्वरोजगार हुने सिर्जना गर्नुपर्छ । राज्यको स्रोत र साधनलाई समावेशी र समानुपातिक ढंगबाट वितरण गर्नुपर्छ । न्यायपूर्ण समाज निर्माण गर्दै हुँदा खाने र हुनेखाने बीचको खाडल पुर्नु जरुरी छ । माओवादीको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि भूमिका खेल्न म चुनावी मैदानमा आएको हुँ ।
शिक्षा, स्वास्थ्य, तालिम, अनुसन्धान लगायतलाई निःशुल्क बनाउनुपर्छ । चुनावी घरदैलोमा जनताले दैनिक उपभोग्य वस्तु तथा साधनको व्यवस्थापनमा मुख्य जोड दिनुभएको छ । देशको समृद्धि ऊर्जा र पर्यटनबाट सम्भव छ । त्यसका लागि राज्यले नै स्पष्ट नीति, योजना र कार्यक्रम बनाउनुपर्छ ।
जनताको सुविधाका लागि सुईखेत खोलामा तटबन्ध बनाउनु जरुरी छ । सुईखेत हुँदै पोखरा २४ जोड्ने बाटो कालोपत्र, अन्नपूर्ण १ घट्टेखोला र लखनेजादे–धम्पुस देउराली मोटरबाटो कालोपत्र, सेदीदेखी ग्यारजाती सडक स्तरोन्नति मेरो प्राथमिकतामा छन् । पूर्वाधार निर्माण गर्दै पर्यटन, ऊर्जा र कृषिको विकासबाट हामी हाम्रै पालामा अवस्था परिवर्तन गर्न सक्छौं ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया