अधुरा योजना पूरा गर्छु

५ वर्षमा म चाहिँ गण्डकी प्रदेश सभाको सदस्य, विधायन समितिको सदस्य, कार्यव्यवस्था समितिको सदस्य रहें । ५४ वटा कानुन बनाउनका निम्ति मैले महत्वपूर्ण भूमिका खेलेँ । र, कास्की क्षेत्र नम्बर ३ को विकास निर्माण र समृद्धिको निम्ति उल्लेखनीय काम भएका छन् ।
कास्की क्षेत्र नम्बर ३ (२) भनेको भौगोलिक हिसाबले विकट ठाउँ हो । यहाँ एक घर, एक खानेपानी धाराले पूर्णता पाएको छ । पुल, पुलेसाहरु बनेका छन् । जनताका आधारभूत संरचना निर्माण भएका छन् । विकासको जग बसेको छ ।
खासगरी मेरो उम्मेदवारी भनेको विगतको अनुभव ५ वर्षमा मैले प्रदेश सभा सदस्य भएर चाहिँ नीति, नियम कानुन बनाउन खेलेको भूमिका, जनजीविकाको सन्दर्भमा मैले जोडदारका साथ उठाउने काम गरेँ प्रदेश सभामा ।
समग्र गण्डकीको समृद्धि र कास्की ३ को एक खालको विकासका लागि महत्वपूर्ण भूमिका खेलेँ । त्यसले विगत ५ वर्षमा मेरो पर्याप्त अनुभव पनि छ । धेरै कुराको अनुभव मैले प्राप्त गरेको छु ।
त्यो अनुभवलाई चाहिँ र कोरोनाका कारण अधुरा र अपुरा योजनालाई पूर्णता दिन र विगतको अनुभव, वर्तमानको क्रियाशीलता र भविष्यको स्पष्ट योजना र सोचहरुलाई कार्यान्वयन गर्नका निम्ति मेरो उम्मेदवारी हो । त्यसैले मलाई जनताले मत दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।









गण्डकीमा राष्ट्रिय सभा चुनावको जोडघटाउ
सम्पादकीय—सरकारको सय दिन : निर्वाचनको संशय र सुशासनको कडी
बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया