अविराम मुकुन्दशरण

रवीन्द्र माकाजू २०७९ मंसिर २ गते १२:०८

मदन पुरस्कार पाउने पहिलो भाग्यमानी पोख्ररेली हुन् मुकुन्दशरण उपाध्याय । जसले २४ वर्षको उमेरमा २०२१ सालको मदन पुरस्कार हात पारे । मदन पुरस्कारको इतिहासमा दोस्रो पोखेरली मदन पुरस्कार विजेत बने जनकविकेशरी धर्मराज थापा । जसले २०२५ सालमा मगंली कुशुम पुस्तक लेखे । यसै क्रममा २०४८ सालमा सरुभक्तको पागलवस्ती पुस्तकमा लागि मदन पुरस्कार दिइयो ।

Advertisement

तर जे होस्, प्राज्ञ मुकुन्दशरणले २०२१ सालमा प्राकृत पोखरा लेखेर मदन पुरस्कारमात्र हात पारेनन्, पोखरालाई विश्वभर चिनाउने शुभ अवसर पनि पाए । उनले पोखराको यथार्थ विवरण पस्केका छन् । वास्तवमा पोखरा यति सुन्दर छ, जसको वर्णन गरी साध्य नै छैन् । उनी भन्दछन्, पोखरा ईश्वरको अनुपम वरदान स्वरुप प्राप्त थलो हो ।

यहाँका हिमालमात्र होइन, ताल, तलैया, डाँडापाखा, वनपाखा, नदीनाला वर्णनयोग्य छन् । उनी यो सौन्दर्यबाट मख्ख पर्दै भन्दछन्, ‘मलाई लाग्छ यहाँका प्रकृतिमात्र होइन, यहाँका मान्छेहरु, यहाँका संस्कृतिहरु, सभ्यताहरु झनै सुन्दर छन् । प्रंशसायोग्य छन् ।’

मान्छे आफैंले आफैंलाई चिन्न सक्नुपर्दछ भन्दै गुरु मुकुन्दशरण भन्दछन्–पोखराको विकासका लागि पोख्रेलीले अरु केही गर्नुपर्दैन, केवल यसको सौन्दर्यलाई चिनिदिए पुग्छ । के पोखरा साच्चै नै प्रशंसा गर्ने योग्य छ त भने प्रश्नमा उनी भन्दछन्—मान्छेले कृत्रिम ताल बनाउँछन् । नयाँ नयाँ सृजना गर्दछन् । परन्तु पोख्रेलीले यस्तो धर्ती पाएका छन् ।

जहाँ एकसाथ हिमाल पहाड, नदीनाला, तालतलैया, समथल भूमिहरु यसले सौन्दर्यता शायद स्वर्गमा पनि हुँदैन होला । उनले भावुक हुँदै भने–पोखरालाई उठाउने भनेकै पोख्रेलीले हो । यहाँ स्थापित पुरस्कारले पनि पोख्रेलीहरुलाई चिन्नुपर्छ र उठाउनु पर्छ । पोखे्रली प्रतिभामा कोही भन्दा कम छैनन् ।

Advertisement

प्राकृत पोखरा कसरी सृजना भयो भन्ने प्रश्नको उत्तरमा कविवर मुकुन्द भन्छन्— २०२० सालमा राजा महेन्द्रको भैरहवामा सवारी भएको थियो । त्यहाँ मैले प्राकृत पोखरामा केही कविता सुनाएँ । राजा मख्ख परेर एक हजार बक्सिस दिए । त्यहीँ दामले गोरखपुर पुगेर किताब छपाएँ । अनि २०६१ सालको मदन पुरस्कार पनि पाएँ ।

१९९७ साल फाल्गुण ५ गते पोखराको हेमजामा जन्मिएका मुकुन्दशरणले प्राकृत पोखरा, महाभारत सुक्ति, धर्ती र आकश लगायतका थुप्रै कृति प्रकाशित छन् । उनी भानु पुरस्कार, कवि शिरोमणि लेखनाथ पुरस्कार लगायतका थुप्रै पुरस्कारबाट सम्मानित छन् ।
सनातन धर्म सेवा समितिको पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका उपाध्याय अहिले पनि साहित्य, धर्म, संस्कृतिको विकासमा क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया