त्रिभुवन शान्तिमा खेलकुद

समाधान संवाददाता २०७९ मंसिर २ गते १२:५१

पोखरा ।
त्रिभुवन शान्ति नमुना मावि पोखरा ३० ले कात्तिक २७ देखि ३० गतेसम्म विद्यार्थीबीच अन्तरसदनात्मक प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह स्तरीय खेलकुद सप्ताह गरेको छ ।

प्रतियोगितामा भलिबल, म्याराथन, सटपुट, भाला, रस्साकस्सी, लिँङो चढाइ, दौड, रिले दौड, हाइ जम्प, लङ जम्प, म्युजिकल चियर, चम्चा दौड, हिसाब दौड, चक्लेट रेस लगायतका खेल भएको जानकारी सहप्रधानाध्यापक रामचन्द्र भण्डारीले दिए ।

प्रधानाध्यापक लोकराज ढकालले हरेक वर्ष मंसिर १ गते हुने वार्षिकोत्सव निर्वाचनका कारण पुरस्कार वितरण समारोह एवं विविध साँस्कृतिक कार्यक्रम माघ १२ गते सरस्वती पूजाका दिन वितरण गरिने जानकारी गराए ।

Advertisement

तपाईको प्रतिक्रिया