पोखरा १९ मा अपांग मैत्री मतदान केन्द्र

पोखरा ।
यही मंसिर ४ गते हुने निर्वाचनलाई केन्द्रीत गरी पोखरा १९ का मतदान केन्द्रलाई अपांग मैत्री बनाइएको छ । पोखरा १९ मा रहेका अकला मतदान केन्द्र र भारती भवन मतदान केन्द्रलाई अपांग तथा अशक्त मतदान मैत्ती पदमार्ग निर्माण गरिएको वडा नम्बर १९ का सचिव श्रीराम पौडेलले जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालय तथा जीवन पद्धति स्वावलम्बन पोखराको सम्वन्यमा आइएफइसीको ३ लाख ५७ हजार ९ सय ७५ रुपैंयाँको लागतमा सो मार्ग निर्माण गरिएको हो । अपांग तथा अशक्त मतदाताले सहज रुपमा मतदान गर्न पाउन भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए ।
सो मार्गको वडा अध्यक्ष पाण्डे, सचिव पौडेल लगायतकाले अनुगमन तथा निरीक्षणसमेत गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पोखरा १९ मा करिब ८ हजार मतदाता छन् ।
पोखरा १९ को ग्रामीण भेगको रूपमा रहेको घार्मीका मतदाताले घार्मीमा अस्थायी मतदान केन्द्र राख्न पटक पटक माग गरेता पनि सो माग पूरा हुन भने सकेको छैन । मतदान केन्द्र टाढा हुँदा त्यहाँका वृद्ध वृद्धालाई निकै असहज भएको छ । उनीहरू घण्टाैं हिडेर आफ्नो मताधिकार प्रयोग गर्न अकला मतदान केन्द्रमा आउने गरेका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया