नेपाल बैंक ८७ वर्षमा

पोखरा ।
नेपाल बैंक लिमिटेड ८६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी गरेको छ । गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा बुधबार पोखरामा प्रभातफेरी गरिएको हो ।
पोखरा ९ पृथ्वीचोकमा रहेको बैंकको प्रदेश कार्यालयबाट सुरु भएको र्याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृह हुँदै पुनः पृथ्वीचोकमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा पोखरा क्षेत्र भित्रका शाखामा कार्यरत ८६ कर्मचारीको सहभागिता थियो ।
कार्यक्रममा गण्डकी प्रादेशिक कार्यालय पोखराकी प्रमुख प्रतिमा श्रेष्ठले आगामी दिनमा बैंकलाई अझ आधुनिक र प्रविधिमैत्री बनाउँदै ग्राहकहरुको सेवामा लाग्ने बताइन् । उप–प्रबन्धक धु्रव पौडेलले बैंकले वार्षिकोत्वको अवसरमा शुभकामना दिँदै कर्मचारीलाई उच्च मनोबलको साथमा काम गर्न अनुरोध गरे ।
बैंकका नेपालभर २ सय २६ शाखा, १ सय ९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस्तै बैंकका गण्डकी प्रदेशमा ३० वटा शाखा र पोखरा महानगरपालिकामा ८ शाखा रहेको बैंकले जनाएको छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया