घार्मीमा बालाचतुर्दशी पर्व मनाइने

पोखरा ।
पोखराको पर्यटकीय तथा धार्मिक क्षेत्र घार्मीमा बालाचतुर्दशी पर्व मनाइने भएको छ । मंसिर ६ गते बालाचतुर्दशीको अवसरमा घार्मीस्थित ओमकारेश्वर मन्दिर परिसरमा सदविज छरि पर्व मनाउन लागिएको मन्दिर व्यवस्थापन समितिका नन्दराज दाहालले जानकारी दिए ।
पर्वलाई लक्षित गरी समितिले मन्दिर परिसरमा सरसफाई गर्नुका साथै रंगरोगन गर्ने गरेको छ। मन्दिर रगंरोगनका लागि ईन्द्रेणी हाडवेयरका खगेन्द्र थापाले सहयोग गरेकाे समितिले जनाएको छ।
आफ्ना दिवंगत पितृहरूको उद्धारका लागि त्यस क्षेत्रमा सद्विज छर्न कुरेचौर हरिपाउ, पुरून्चौर, हेम्जा, लामाचौर, बाटुलेचौर लगायतका आसपासका क्षेत्रवाट भक्तजन त्यहाँ पुग्ने गरेका छन् । स्थानीयवासीको घरबाट फुलको डोली निकालि बाजागाजासहित विधि पूर्वक सदविज छर्ने चलन रहेको छ।
विगत २ दशक देखि सदविज छर्ने र पर्वलाई मनाइँदै आइएको छ । सदविज छर्ने कार्यमा सहभागी हुन भक्तजनलाई समितिले आग्रह गरेको छ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया