नयाँ विमानस्थलमा परीक्षण गर्दा पुरानोको सेवा प्रभावित हुने

सञ्जय रानाभाट २०७९ मंसिर ३ गते १६:१३

पोखरा ।
नेपाल नागरिक उड्डयन प्रधिकरणले मंसिर ५ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानले पोखरा विमानस्थलको आन्तरिक उडान तालिका पनि प्रभावित हुने भएको छ । विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार क्यालिब्रेसन फ्लाइटले पोखरामा १ हप्ता उडान प्रभावित हुने भएको हो । ‘अन्तर्राष्ट्रिय उडानका जाँच हुने भएपछि यहाँ १ हप्तामा दिउँसोका उडान बन्द हुने भएको हो,’ उनले भने ।

Advertisement

क्यालिब्रेसन उडानले पोखरा विमानस्थलमा २१ देखि २५ नोभेम्बर सम्म बिहान १० बजेदेखि १ बजेटसम्म उडान बन्द हुनेछ । यसपछि साढे २ बजेटदेखि साढे ५ बजेसम्म उडान नहुने सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनका अनुसार सबै २७ र २८ तारिककमा पनि सोही समयमा उडान बन्द हुनेछ । प्राधिकरणले क्यालिब्रेसन उडानका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । परीक्षणका लागि प्राविधिक जनशक्तिसहित नेपालमा एरो थाईको जहाज ल्याइसकिएको छ ।

उक्त जहाजले उड्डयन भर्न उपकरण र उडान विधिको परीक्षण गर्नेछ । यो विमान विशेष जहाज हो । यो सानो हुन्छ । नयाँ विमानस्थलमा व्यावसायिक उडान गर्नअघि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । यो उडान विमानस्थलमा अवतरण र विमान उडानका साथै धावनमार्ग, टावर, रेडियो फ्रिक्वेन्सी, धावनमार्गका लाइटको एंगलिङ, कम्युनिकेसन र कन्ट्रोल टावरसँगसम्बन्ध बारेमा परीक्षण गरिनेछ । यहाँ भएका उपकरणले काम गरेका गरे/नगरेको जाँच गर्ने प्रक्रियालाई यान्त्रिक परीक्षण भनिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीका अनुसार एरो थाईको जहाले एक साता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान गर्नेछ । यो उडानमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जाँच गर्नेछ । उडान भर्न प्राविधिक सहितको टोली नेपाल आइपुगेको हो । क्यालिब्रेसन फ्लाइटको परीक्षण सफल भएपछि उडान र अवतरणको बाटो खुल्नेछ । यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ ।

यस परीक्षणले विशेष गरी प्रोसेसन अप्रोच पाथ इन्डिकेटर (पीएपीआई) जसले जहाज अवतरणको समयमा धावनमार्गमा सही अवतरण गर्न सहयोग गर्छ । इन्स्ट्रुमेन्ट लेन्डिङ सिस्टम (आईएलएस) जसले राति वा मौसम खराबीको समयमा पनि विमान अवतरण गराउँछ । डोप्लर भेरी हाई फ्रिक्वेन्सी ओम्नी रेन्ज (डिभीओआर)ले जसले एयर ट्राफिक कन्ट्रोल रुट, टर्मिनल लगायतको विषयमा पाइलटलाई जानकारी दिन्छ ।

Advertisement

यान्त्रिक परीक्षणमा मुख्य चार परीक्षण हुन्छ । डोप्लर भेरी हाई फ्रिक्वेन्सी ओम्नी रेञ्ज (डीभीओर)–जसले एयर ट्राफिक कन्ट्रोल रुट, टर्मिनललगायतको विषयमा पाइलटलाई जानकारी दिन्छ, इन्स्ट्रुमेन्ट लेन्डिङ सिस्टम (आईएलएस) राति वा मौसम खराबीको समयमा पाइलटलाई धावनमार्गको विषयमा जानकारी दिइन्छ, डिस्टेन्स मेजरिङ इक्विपमेन्ट (डीएमआई) –जहाज र विमानस्थलको दूरी कति छ भनी पाइलटले प्रयोग गर्छन् । विमानस्थलमा भएको रेडियो सिग्नल र जहाजको रेडियो सिग्नलबीच कुराकानी हुन्छ र प्रोसेसन अप्रोच पाथ इन्डिकेटर (पीएपीआई) जसले विमानस्थलमा जडान गरिएका लाइट हुन् जसले जहाज अवतरणको समयमा धावनमार्गमा सही अवतरण गर्न सहयोग पु¥याउँछन् ।

एरो थाईको जहाजले पोखरा मात्रै आन्तरिक विमानस्थलसँगै हाल सञ्चालनमा रहेका विमानस्थलको समेत परीक्षण हुनेछ । यसमा नेपालगन्ज, धनगढी, सुर्खेत लगायतका विमानस्थलको पनि परीक्षण हुनेछ । यति र बुद्ध एयरले उडान अवरुद्ध हुने जानकारी गराइसकेका छन् ।

इन्धन डिपोको ठेक्का
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको ठेक्का पनि रेलिगेयर र समानान्तर निर्माण कम्पनीले पाएको छ । ६७ करोड २९ लाख ८१ हजार रुपैयाँ लगानीको परियोजनाका लागि बीएचएन नामक भारतीय कम्पनीसँगको सहकार्यमा रेलिगेयर कन्सक्ट्रक्सन कुपोन्डोल र समानान्तर निर्माण पुरानो बानेश्वरले ठेक्का पाएको हो । २९ कात्तिकमा ठेक्का सम्झौता भएको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया