कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो
समाधान संवाददाता
२०७९ मंसिर ४ गते १३:५०

पोखरा ।
कास्कीमा जारी मतदानमा विहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिए ।
चिसोका कारण विहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए ।
जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।
जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लाभर दुई लाख ९१ हजार पाँच सय ६८ जना मतदाता छन् ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया