कास्कीमा मतदान सकियो, ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

पोखरा ।
कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले शैहार्द पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८देखि ६० प्रतिशत मत खसेको जनाए ।
कास्कीमा उत्साह जनक रुपमा मतदान शुरु भएको छ । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाभरी २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् ।
गण्डकीमा प्रतिनिधिसभा १८ र प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र छन् । प्रदेशभर १ हजार २ सय ८३ मतदानस्थल अन्तर्गत २ हजार ३ सय ३९ मतदान केन्द्र रहेका छन् । प्रदेशभर १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन् ।
कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ र मनाङमा मात्र ६ हजार ७ सय ७९ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा कास्की सबैभन्दा धेरै छन् भने सबैभन्दा कम मनाङमा छन् ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया