पुनः मतदानको माग गर्दै कास्कीकाे रुपामा निर्वाचन कार्यालयलाई पत्र

समाधान संवाददाता २०७९ मंसिर ४ गते १९:३३

कास्कीको एक निर्वाचन केन्द्रमा पुन मतदानको माग गरिएको छ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ को इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुन मतदानको माग गरिएको हो ।


यहाँ नेपाली कांग्रेसका वडा सभापति अर्जुन कुमार श्रेष्ठ र माओवादी केन्द्रका वडाकै अध्यक्ष माधव पौडेलले निर्वाचन कार्यालयलाई पत्र लेखेका पुन मतदानको माग गरेका हुन् ।

पत्रमा लेखिएको छ, ‘सवारी चालक अनुमति पत्र, जग्गाधनी लालपुर्जा र नागरिकता प्रमाण पत्रको प्रतिलिपिका आधारमा यस निर्वाचन केन्द्रका मतदान अधिकृत बन्धुराज रेग्मी र मदन बहादुर केसीसँग मतदानका विषयमा आवश्यक छलफलका नगरी पार्टी प्रतिनिधीहरुलाई बेवास्ता गरी जनताको मतदान गर्न पाउने अधिकार लाई कुण्ठित गर्न खोजेको छ ।’ ​

Advertisement

तपाईको प्रतिक्रिया