कास्की २ मा घन्टीको अग्रता कायमै

समाधान संवाददाता २०७९ मंसिर ५ गते १०:१६

पोखरा ।
प्रतिनिधि सभातर्फ कास्की २ मा १ हजार ७ सय ४ मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता कायमै छ ।

कँडेलले ५ सय २८ मत प्राप्त गरेका छन् । एमालेकी विद्या भट्टराईले ३ सय ९७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले २ सय ९६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले २ सय ४९ मत प्राप्त गरेका छन्

तपाईको प्रतिक्रिया