चुनाव जिते पनि संसद छिर्न पाउने छैनन् मनाङका टेकबहादुर

पोखरा ।
मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ तत्काल संसद प्रवेश गर्न नपाउने भएका छन् ।
उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सांसदको हैसियतमा काम गर्न नपाउने भएका हुन् ।
गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सुशील कोइराला नेतृत्वको सरकारमा गुरुङ श्रम राज्यमन्त्री हुँदा गरेको निर्णयका आधारमा उनीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको हो । सो मुद्दामा विशेष अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी स्वतः निलम्बनमा पर्नेछन् । भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्ट्राचार मुद्दा दायर भएकामा त्यस्तो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।
निर्वाचनसम्बन्धी ऐनले भ्रष्ट्राचार मुद्दामा दोषी नठहरिएका व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य ठहर नगरेका कारण यस्ता व्यक्तिले चुनाव लड्न पाउँछन् । तर मुद्दा किनारा नलागेसम्म गुरुङले सांसद भएर काम गर्न पाउने छैनन् ।








एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया