लमजुङमा देव गुरुङभन्दा २ हजार मतले पृथ्वीसुब्बा गुरुङ अघि

लमजुङमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। क्व्होलासोथार गाउँपालिकाका सबै, दूधपोखरी गाउँपालिकाका सबै तथा मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाका केही वडाहरुको मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम राखेका छन्।
एमालेका गुरुङलाई नेकपा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले पछ्याइरहेका छन्। पृथ्वीसुब्बा देव गुरुङभन्दा १ हजार ९०१ मतले अगाडि छन्। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा लमजुङबाट माओवादीका देव गुरुङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
मत परिणामः
पृथ्वीसुब्बा गुरूङ (नेकपा एमाले): ९१०९
देव गुरूङ (माओवादी केन्द्र): ७२००
धर्म केसी (राष्ट्रिय स्वतन्त्र पार्टी) ७७१
प्रदेश सभा (१)
जमीन्द्रमान घले (नेकपा एमाले): ३२७३
डा. टकराज गुरूङ (नेपाली कांग्रेस): ४६४५
प्रदेशसभा (२)
कृष्णप्रसाद अधिकारी (एमाले) ६३८२
भेषबहादुर पौडेल (नेपाली कांग्रेस) ४८५४
तपाईको प्रतिक्रिया