सम्पादकीयः परिवर्तनको चाहना

दलहरु भोट चाहन्छन्, मतदाता युवा र परिवर्तन । पुराना दलहरुले न परिवर्तन दिन सके, न त युवालाई अवसर । सधै पद र पैसाको पछि पुराना राजनीति दल लागे । ¥याल चुहिने बेलासम्म आफूले नै ठाउँ ओगटिरहे । जनताका बारेमा न त केही सोचे, न त विकासको बारेमा, मात्र सोचे कुर्सीमा कसरी टिकिरहने ।
कुनै समय थियो– नेपाली राजनीतिमा पुराना पार्टीका दबदबा । त्यति बेला न स्वतन्त्रको सम्भावना थियो न त नयाँ वैकल्पिक शक्तिको । ठूला दलबाट उम्मेदवार बन्न नेताहरु मरिहत्ते गर्थे, मतदाता पनि उम्मेदवार चिन्दैनथे, चिन्ह हेरेर भोट गर्थे ।
ठूला दल मतदाता असन्तुष्ट हुँदा पनि भोट ठूला दललाई भोट दिन्थे किनभने मतदातासँग अन्य विकल्प हुँदैनथे । स्वतन्त्र उठ्ने उम्मेदवारप्रति पनि मतदाताले विश्वास गर्न सकेनन् । जसले पनि पुराना पार्टीको दबदबालाई थप बल पुग्यो । पुराना पार्टीप्रति मतदाताको वितृष्णा बढेप नि मतदानमा परिणत गर्न सकेका थिएनन् । बललिन चाहेका मतदाताले मत बदल्न सकेका थिएनन् ।
तर गत वैशाखको स्थानीय तहको निर्वाचनपछि भने केही ठाउँमा मतदाताले पुराना दलहरुप्रतिको वितृष्णा मतदानमै देखाइदिए । मतदाताले पार्टी, चिन्हभन्दा पनि उम्मेदवार र एजेन्डालाई हेरेर भोट गरे । त्यसको प्रभाव ६ महिनापछि भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पनि देखियो ।
चुनाव लड्न पार्टी, चुनाव जित्न चिन्ह चाहिन्छ भन्ने मान्यताबाट पार्टी तथा उम्मेदवार माथि उठेको देखियो । पार्टीमा टिकट नपाएकाहरुले पनि पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए ।
प्रचारप्रसारका क्रममा पनि पुराना पार्टी तथा ठूला भनिने पार्टीप्रतिको मतदाताको असन्तुष्टि छताछुल्ल देखिन्थ्यो । जुन मतदानमा पनि देखिएको छ । देशभरका धेरैजसो क्षेत्र मतगणना जारी छ । जसमा वैकल्पिक नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आशा जगाउने मत पाएका छन् ।
वैकल्पिक नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सुरुवाती अवस्थामा अनपेक्षित मत पाएको देखिन्छ । जुन न राजनीतिक दलले सोचेको थिए, न स्वयम् उम्मेदवारले । यसबाट मतदाता पुराना दल र नेताबाट छुटकारा चाहेको प्रकट्टै देख्न सकिन्छ ।
मतदाता उम्मेदवार र एजेन्डा हेरेर भोट खसान्न सचेत बन्न थालेका छन् । सधै जसो नै झुटा आश्वासन दिएर चुनावमा मात्र गाउँ पस्ने उम्मेदवारप्रति मतदाता सचेत देखिन्छन् । जुन सुरुवाती मत परिणामले देखाएको छ । पुराना दलको सिन्डिकेट अब अन्त्य हुने देखिन्छ । अब पुराना तथा ठूला भनिने दलहरु सचेत हुन जरुरी छ । अन्यथा उनीहरुले राजनीतिमा ठूलो क्षति व्यहोर्न तयार हुनुपर्छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया