बागलुङ प्रदेशसभा २(२) मा कांग्रेसका द्रोणकुमार विजयी
समाधान संवाददाता
२०७९ मंसिर ६ गते २१:४३

पाेखरा ।
गण्डकी प्रदेशसभामा कांग्रेसले एक सिट थपेकाे छ ।
बागलुङ प्रदेशसभा २(२) मा नेपाली कांग्रेसका द्रोणकुमार कुँवर विजयी भएका हुन् ।
कुँवरले १२ हजार ४०८ मत ल्याए भने प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत ल्याए । यहाँ २३ हजार ३३८ मत खसेको थियो ।
कांग्रेसले यस क्षेत्र अगाडि मनाङमा १ र मुस्ताङमा २ सिट प्रदेशसभामा जितिसकेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया