कास्की ३ ‘२’ मा बराल र पहारीबिच टक्कर, बराल १ मतले अघि

समाधान संवाददाता २०७९ मंसिर ८ गते ७:०८

पोखरा
कास्की ३ ‘२’ प्रदेश सभा सदस्यका लागि एमालेका राजीव पहारी र कांग्रेसका प्रकाश बरालबिच टक्कर देखिएको छ । मत गणना जारी रहँदा पहारी र बरालबिच १ मतको फरक छ ।

पहारीले ४ हजार १ सय २० र बरालले ४ हजार १ सय २१ मत प्राप्त गरेका छन् । राप्रपाका हरिराम भण्डारीले ७ सय १४ मत प्राप्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया