शुभकामना दिँदै देव गुरूङले पृथ्वीसुब्बालाई भने, वाम एकता गर्न पहल गर्नुस्

समाधान संवाददाता २०७९ मंसिर ८ गते १०:१४

पोखरा ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले पृथ्वीसुब्बा गुरुङलाई प्रतिनिधि सभा सदस्यमा विजय भएकोमा बधाई दिँदै वाम एकताको पहल गर्न अनुरोध गरेका छन् । प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले पराजित भएपछि पृथ्वीसुब्बालाई बधाई दिन पुगेका देवले वामहरु एक हुनुपर्ने र यसको पहल गर्न आग्रह गरेको पृथ्वीसुब्बा निकट स्रोतले जनाएको छ।

भेटमा दुवैले एमाले(माओवादी एकता टिकाउन नसकेकोमा समीक्षा गरेका थिए । लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी महासचिव देव चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले गुरूङ प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया