उत्कृष्ट करदाता सम्मानित

पोखरा ।
११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । ‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ हरेक वर्ष मंसिर १ देखि ७ गतेसम्म कर दिवस मनाइन्छ ।
बुधबार भएको कार्यक्रममा पोखराका ३ उद्योगी, व्यवसायीलाई सम्मान गरिएको छ । सबैभन्दा बढी कर बुझाउने सफल एप्सा ल्याप्स प्रालि पोखरा ३०, अटोवेज प्रालि पोखरा ९ र कर्माचार्य बेक्स एन्ड फुड्स लेखनाथलाई कर सप्ताह समापन समारोहमा सम्मान गरिएको हो । आन्तरिक राजस्व कार्यालय पोखराका अनुसार एप्सा ल्याप्स प्रालिले १ करोड ५३ लाख ७७ हजार २ सय ६९ रुपियाँ आय कर बुझाएको छ ।
अटोवेज प्रालिले १ करोड १३ लाख ४० हजार ४ सय ९७ र कर्माचार्य बेक्स एन्ड फुड्सले २६ लाख ४६ हजार ५ सय ९६ रुपियाँ कर बुझाएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर थापाले मुलुक चलाउनका लागि अर्थतन्त्र मुल आधार भएकाले करको दायरालाई फराकिलो बनाउँदै सबैलाई कर प्रणालीमा सहभागी गराउनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले करदातालाई करको दायरामा समाहित गराउनका लागि कर शिक्षा जरुरी हुने औंल्याए । गण्डकी प्रदेश चेम्बर अफ कमर्स अध्यक्ष किसान सुनारले करको दर नभई दायरालाई बढाउनुपर्ने धारणा राखे ।
सम्मानितहरुको तर्फबाट कर्माचार्य बेक्स एन्ड फुड्सका विक्रम कर्माचार्यले जुनसुकै उद्योग, व्यवसाय सञ्चालनका लागि पोखरा उपयुक्त ठाउँ भएको जनाए । आन्तरिक राजस्व कार्यालयले व्यवसायी मैत्री कर प्रणालीलाई ध्यान दिदै मित्रवत व्यवहार गर्नुपर्नेमा उनले जोड दिए । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कर अधिकृत मदन केसीले पनि बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया