स्याङ्जा २ चापकोटका मतदान प्रतिनिधिले भने, ‘बुध कब्जा भएको सत्य हो । हामी ज्यान जोगाउन भाग्यौं’

समाधान संवाददाता २०७९ मंसिर ८ गते १७:०३

पोखरा ।


निर्वाचन सम्पन्न भएको ४ दिनसम्म पनि स्याङ्जा २ चापाकोट मतगणना सुरु हुन सकेको छैन । चापाकोट नगरपालिका ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि दासिङ नरसेवा, वडा नम्बर ५ को जन सक्रिय आधारभूत विद्यालयमा र चिट्ठी पोखरी र दीन दयालु आधारभूत विद्यालय साठीमुरे मतदान केन्द्रमा गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मृत्यु भएका र विदेश गएका मान्छेको नाममा बुध कब्जा गरेको मतदान गरेको भन्दै एमाले लगायतका दलहरुले पुन मतदानको माग गरिरहेका छन् ।


सोही कुरालाई बल पुग्ने गरेर बिहीबार मतदान प्रतिनिधिले संयूक्त विज्ञप्ति निकालेर बुथ कब्जा भएको र आफूहरुलाई मार्ने धक्की दिएपछि दिनभरी ज्यान बचाउन लुकेर बसेको बताएका छन् ।

Advertisement


‘बुथ कब्जाको विषयलाई विरोध गर्दा हामीलाई अभद्र व्यवहार गर्दै शारीरिक आक्रमण गर्ने प्रयास गरे । निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन अझै पनि हामीले कोशिस गरिरह्यौं, तर ती हुल हुज्जत गर्ने व्यक्तिहरुले मतदान केन्द्र आफ्नो नियन्त्रणमा लिई मरिसकेका, विदेशमा रहेका समेतको नाममा फर्जी मत खसाल्न शुरु गरे,’ विज्ञप्तिमा उल्लेख छ, ‘जनताको मताधिकार खोसियो फर्जी मत खसालेको कुरा असह्य भई हामीले सो कार्यको बिरोध गर्यो । त्यसको विरुद्ध आफू खटिएको मतदान केन्द्रका मतदान अधिकृतलाई मतदान रोक्न निवेदन दिँदा उहाँहरुले निवेदन लिन नसक्ने, आफुलाई ज्यानको खतरा भएको बताउनुभयो ।’


बुथ कब्जा भएको विषय उठाउँदा आफूहरुलाई जबरजस्त मतदान केन्द्रबाट बाहिर निकालियो विज्ञप्तिमा उल्लेख छ । ‘ज्यान जोगाउन दिन भरी लुकेर बस्यौं । मतदान कार्य समाप्त भएपछि पनि हामी आफू खटिएको मतदान स्थलमा फिर्ता जाने अवस्था थिएन तर, मुख बन्द गरेको मुचुल्कामा हाम्रो समेत सही छाप गरिएको छ,’ पत्रमा उल्लेख छ ।

Advertisement


पत्रमा मतदान अधिकृतहरुले किर्ते सहिछाप गरेर मुचुल्का तयार गर्ने व्याक्तिलाई निर्वाचन अपराध, फौजदारी कसुर गर्न प्रमुख निर्वाचन आयुक्त र मुख्य निर्वाचन अधिकृत बोधार्थ गरिएको छ ।


अनाधिकृत कब्जा भएका यी चार मतदान केन्द्र अनाधिकृत व्यक्तिहरुले निर्वाचन आयोगका कर्मचारी र सुरक्षा निकायलाई समेत निकम्मा बनाइएको उनीहरुको आरोप छ । मतदाताको अधिकार खोसी गरिएको विकृत मतदान बदर गराई स्वच्छ, लोकतान्त्रिक निर्वाचनका निम्ती कब्जा भएका मतदान केन्द्रमा पुनः मतदान गराउन उनीहरुले निर्वाचन आयोग समक्ष हामी जोडदार माग गरेका छन् ।

तपाईको प्रतिक्रिया