‘अन्तर्घाती मुर्दावाद’ भन्दै कृष्ण केसीविरुद्ध कांग्रेस कार्यकर्ताको नाराबाजी(भिडियोसहित)

कृष्ण पुत्र भन्छन्ः गुन्डा लगाएर घरमा ढुंगामुढा गरियो
पोखरा ।
नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तर्घात गरेको आरोप लगाउँदै नाराबाजी गरेका छन् । कांग्रेस कार्यकर्ताले बिहीबार साँझ केसी निवासअघि र बाँझापाटन क्षेत्रमा नाराबाजी गरेका हुन् ।
उनीहरुले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए ।
नेपाली कांग्रेसको झन्डा बोकेका कार्यकर्ताले बाँझपाटन सडकमा निकै बेर नाराबाजी गरेका थिए ।
कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै कांग्रेस कार्यकर्ताले आक्रोश पोखेका हुन् । एमालेसँग मिलेर पार्टीका प्रतिनिधि सभा उम्मेदवार तथा जिल्ला पार्टी सभापति किशोरदत्त बराल र प्रदेश सभा सदस्य उम्मेदवार दीपक गुरुङलाई हराउन लागेको आरोप कार्यकर्ताले लगाएका छन् ।
नेता केसीको घर अघि कार्यकर्ताले तीब्र आक्रोशपूर्ण नाराबाजी चर्काएपछि सुरक्षाका लागि केसी निवासमा प्रहरी पुगेका छन् । कार्यकर्ताहरुले नाराबाजी गरिरहँदा घरमा नेता केसी र उनको परिवारका कुनै पनि सदस्य भने थिएनन् ।
कास्की प्रदेश सभा क्षेत्र नम्बर १ ‘२’ मा कांग्रेस उम्मेदवार दीपक गुरुङ पराजित भएका छन् । प्रतिनिधि सभातर्फको मतगणनामा कांग्रेसका किशोरदत्त बराल एमालेका मनबहादुर गुरुङभन्दा पछि छन् । ‘गुण्डा लगायर घरमा ढुंगामुढा गरेको जानकारी पाएको छु, म घरबाहिर छु, घर जाँदैछु,’ कृष्ण केसीका छोरा सरोज केसीले भने ।
कृष्ण केसी नेपाली कांग्रेसबाट कास्की १ को प्रतिनिधि सभा सदस्य उम्मेदवारको आकांक्षी थिए । पार्टीले बराललाई टिकट दिएको थियो । प्रदेश सभामा दीपक गुरुङ माइलाले टिकट पाए ।
https://www.facebook.com/samadhannewsmedia/videos/816678066058886








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया