समानुपातिकमा एमाले अघि

समाधान संवाददाता २०७९ मंसिर ९ गते ११:२२

पोखरा ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । बिहीबार साँझसम्म एमालेले ७ लाख १४ हजार सात सय तीन मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ६ लाख ७७ हजार एक सय ६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख ३९ हजार दुई सय १०, नेकपा (माओवादी केन्द्र) ले ३ लाख १५ हजार आठ सय ८० मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६४ हजार दुई सय ७८, नेपाल मजदुर किसान पार्टीले ५२ हजार छ सय ६९, जनता समाजवादी पार्टी नेपालले ९६ हजार चार सय तीन, जनमत पार्टीले ५५ हजार तीन सय १५, नागरिक उन्मुक्ति पार्टीले ५३ हजार सात सय ८१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले ४६ हजार नौ सय ८३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३७ हजार पाँच सय ६४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ गण्डकीमा एमालेले १ लाख ५१ हजार ९ सय ६६, कांग्रेसले १लाख ३७ हजार ६ सय ५३, माओवादी केन्द्रले ७५ हजार ५ सय दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार तीन सय ५६ र नेकपा (एकीकृत समाजवादी) ९ हजार १ सय ८४ मत प्राप्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया