धर्मस्थली विद्यालयमा बरालको बिदाइ

समाधान संवाददाता २०७९ मंसिर ९ गते ११:४३

पोखरा ।
धर्मस्थली आधारभूत विद्यालयले प्रधानाध्यापक केदारनाथ बराललाई बिदाइ गरेको छ । पोखरा ५ पस्र्याङमा अवस्थित स्कुलले बिहीबार आयोजना गरेको कार्यक्रममा बराललाई बिदाइ गरिएको हो ।

बराल २०६४ देखि २०७९ असोजसम्म प्रधानाध्यापक बनेका थिए । बराललाई विद्यालय व्यस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पराजुली र पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले सम्मान गरेका छन् ।

कार्यक्रममा वडाध्यक्ष बरालले केदारले कार्यकालमा गरेका कामको प्रशंसा गदै आगामी दिनमा नेतृत्वदायी भूमिकाको खाँचो औंल्याए । विद्यालय अध्यक्ष पराजुलीले केदारलाई आगामी दिनमा पनि विद्यालयको नेतृत्वमा रहेर काम गर्न सघाउन अनुरोध गरे ।

Advertisement

बिदाइ कार्यक्रममा केदारले विद्यालयको गरिमा उचो बनाउन अवकाशपछि पनि योगदान गर्न तयार गरेको बताए । कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, शिक्षकहरु नर्मला ढकाल र हरिशचन्द्र अधिकारी र विद्यालय व्यवस्थापन समिति सदस्य टेकराज तिमिल्सिनाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया