कांग्रेसका राजु थापा स्याङ्जा १ बाट विजयी

समाधान संवाददाता २०७९ मंसिर ९ गते १५:४३

पोखरा ।

नेपाली कांग्रेसका राजु थापा प्रतिनिधि सभा सदस्यमा स्याङ्जा १ बाट विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी एमालेका नारायणी मरासिनीलाई पराजित गरे ।

उनले ३ हजार २ सय ५५ मतान्तरले पराजित गरेका हुन् । उनले ३१ हजार ९ सय ९९ मत प्राप्त ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त ल्याए । राजु संविधानसभा सदस्य हुन् । उनी २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट मरासिनीलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा एमालेका मरासिनी विजयी भएका थिए ।

Advertisement

तेस्रोपटक प्रतिस्पर्धीमा थापाले बाजी मारेका हुन् । स्याङ्जा १ मा ७० हजार ९ सय १३ मतमा खसेको थियो । २ हजार ३ सय १९ मत बदर भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया