लेखनाथ महोत्सवलाई आमा समुहले सघाउने

समाधान संवाददाता २०७९ मंसिर ९ गते १७:३२

लेखनाथ ।
आगामी पुस ७ गतेदेखी १८ गतेसम्म लेखनाथमा सञ्चालन हुने १८औं संस्करणको लेखनाथ महोत्सवलाई लेखनाथका विभिन्न महिला तथा आमा समुहहरुले सघाउने भएका छन ।

अन्र्तराष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको अवसर पारेर संघले आयोजना गरेको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सहभागि विभिन्न आमा समुह तथा महिला समुहका प्रतिनिधीहरुले लेखनाथ महोत्सव लेखनाथवासीहरुका लागी ठुलो चाड भएको बताउँदै यसलाई सफल बनाउन सक्रियतापुर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले आमा समुहहरुको सहभागीता र सक्रियतामा आयोजना गरिने झाँकी र्यालीले महोत्सवको फरक पहिचान बनेको वताउँदै यसले महोत्सव सफल बनाउन संघलाई ठुलो उत्साह र प्रोत्साहन मिलेको वताएका थिए ।

Advertisement

उनले महिलाहरुको क्षमता विकासका साथै आर्थिक क्षेत्रमा क्रियाशिल बनाउनका लागी संघले विभिन्न किसिमका तालीमहरु सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिने वताएका थिए ।

यस्तै महोत्सवका मुल संयोजक एवं संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ महोत्सव उद्योगी व्यवसायीहरुको मात्र नभई यस क्षेत्रका सम्पुर्ण संघ संस्थाहरुको पनि भएकाले महोत्सवलाई सभ्य एवं भव्य रुपमा सफल बनाउन समपुर्ण संघ संस्थाहरुको सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका थिए ।

Advertisement

उनले महोत्सवमा स्थानिय महिला उद्यमी एवं दिदीबहिनीहरुले उत्पादन गरेका घरेलु एवं हस्तकलाका सामानहरु एवं विभिन्न उत्पादनका लागी निशुल्क रुपमा केही स्टलहरुको समेत व्यवस्था गरिने वताउँदै महिलाहरुको क्षमता विकासका लागी संघले विभिन्न तालिमहरु सञ्चालन गर्ने र यसको लागी सिटिईभिटि सँग एम ओ यू पनि गरिसकेको समेत वताएका थिए ।

महोत्सवको संघ संस्था तथा महिला/आमा समुह परिचालन उप–समितिकी संयोजक जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न आमा समुह, महिला समुह, टोल विकास संस्थाका गरि ७० जना भन्दा वढि महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले अन्र्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पुर्ण महिला दिदि बहिनीहरुले मंहिला हिंसाविरुद्ध आवाज बुलन्द्ध गर्नुपर्ने र पुरुषवर्गले पनि महिला हिंसा रोकथाम र अन्त्यका लागी हातेमालो गर्नुपर्ने वताएका थिए ।

उक्त अवसरमा ५ वर्षअघि प्यूठानबाट पोखरा आएर विभिन्न संर्घषहरु झेल्दै अहिले महिला निर्माण व्यवसायीको रुपमा पहिचान बनाउन सफल धनि राना मगरले आफ्ना विभिन्न अनुभवहरु सुनाएकी थिईन ।

महिला परिचालन उप–समितिकी सह–संयोजक पार्वती देवी थापाले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ ले गरेका थिए ।

तपाईको प्रतिक्रिया