ढिकालेथर आमा समूहमा शोभा
समाधान संवाददाता
२०७९ मंसिर ११ गते १०:३४

पोखरा ।
पोखरा १२ स्थित ढिकालेथर आमा समूहको शनिबार भएको ११ औं साधारणसभा तथा पाँचौ अधिवेशनले शोभा आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन गरेको छ ।
समूहको उपाध्यक्षमा अञ्जु श्रेष्ठ, सचिव सीता दहाल र कोषाध्यक्षमा लक्ष्मी बस्नेत छन् । सदस्यमा सरस्वती कार्की, चन्द्रा आचार्य, तिलकुमारी केसी, सीता आचार्य, बिमला आचार्य, सन्ध्या केसी र पार्वती केसी चुनिएका छन् ।
कार्यक्रममा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले समूहले समाजमा उदाहरणीय काम गरेको बताए । समूहकी अध्यक्ष शान्ति आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सीता दाहाल, ढिकालेथर सेवा समाजका अध्यक्ष गुप्तबहादुर कार्की, ढिकालेथर महिला बचत तथा ऋण सहकारी अध्यक्ष सृजना सिग्देल, जय टोल विकाश समिति अध्यक्ष इन्दिरा पन्तले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया