राधाकृष्ण मन्दिर अध्यक्षमा मुकुन्द

समाधान संवाददाता २०७९ मंसिर ११ गते ११:३३

पोखरा ।
पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको शनिबार भएके छैटौं अधिवेशन तथा साधारणसभाले नयाँ नेतृत्व चुनेको छ । अधिवेशनले मुकुन्दशरण उपाध्यायको अध्यक्षता नयाँ समिति चुनेको हो ।

सहअध्यक्षमा गणेशबहादुर खत्री, उपाध्यक्षमा हरिभक्त सिग्देल, सचिवमा घनश्याम खनाल, सहसचिव तीर्थराज ढकाल, कोषाध्यक्ष रामचन्द्र सिग्देल छन् ।सदस्यमा माधवशरण उपाध्याय, हरिराज घिमिरे, कृष्णप्रसाद खनाल, केशवराज पौडेल र मोहनकुमार प्रधान छन् । समितिको पदेन सदस्यमा राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र रेग्मी छन् ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले आश्रम सञ्चालनका लागि प्रतिष्ठानको तर्फबाट वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने आश्वासन दिए । आश्रमका अध्यक्ष मुकुन्दशरण उपाध्यायले सबैको साथ र सहयोगमा आश्रमको सर्वाङ्गिण विकास गर्नुपर्ने बताए ।

Advertisement

सहअध्यक्ष गणेशबहादुर खत्रीले राजमार्गबाट राधाकृष्ण मन्दिरसम्म जाने बाने बाटो व्यवस्थित गर्न सहयोग गर्न आग्रह गरे । कार्यक्रममा आश्रमका सचिव घनश्याम खनाल, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, वडा सदस्य सावित्री पण्डित, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेल, भगवती पन्त लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया