तालचोक वजार व्यवस्थापन समितीमा सुजन
समाधान संवाददाता
२०७९ मंसिर ११ गते १५:०९

लेखनाथ ।
तालचोक वजार व्यवस्थापन समितीको अध्यक्ष सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । समितीको तेस्रो अधिवेशनवाट सर्वसम्मत कार्यसमिती चयन गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा वलराम वराल, उपाध्यक्षमा विजय न्यौपाने, सचिवमा सन्दिप पौडेल, कोषाध्यक्षमा शैकर पौडेल र सदस्यमा विसोराज तिवारी, सुनिता पौडेल र इश्वरीप्रसाद सापकोटा रहेका छन् । अन्य सदस्यहरु कार्यसमितीले पछि चयन गर्ने छ ।
कार्यक्रममा लेकसिटी युथ क्लवका संस्थापक अध्यक्ष सुरजजंग राणा, अध्यक्ष अर्जुन भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव राजु सुवेदी, तालचोक वजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष ऋषीराम भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष नगेन्द्र वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव वुद्धीप्रसाद बाँस्तोलाले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया