धान्यपूर्णिमामा बरेली पौडेल कुलपूजा

समाधान संवाददाता २०७९ मंसिर ११ गते १७:०२

पोखरा ।
कास्कीको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलहरूको मंसिर २२ गते हुने धान्यपूर्णिमाका दिन हुने कुलपूजाका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

Advertisement

बर माझथरको सिलिंगेमा शनिबार सम्पन्न बरेली पौडेल वंश तथा कुल पूजा व्यवस्थापन समितिको बैठकले कुलपूजालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेको समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पूजा सञ्चालन तथा पूजा सामग्री व्यवस्थापन समितिको संयोजकमा पिताम्बर पौडेल, सह संयोजकमा शंकरप्रसाद पौडेल, सदस्यमा चर्तुभुज शर्मा पौडेल र पशुपति पौडेल रहेका छन् ।

अभिलेख तथा सचिवालय उपसमितिमा संयोजक कमलप्रसाद पौडेल र सदस्यमा शान्ति पौडेल(पाध्या), दण्डपाणि पौडेल, प्रकाश पौडेल र विष्णुहरि पौडेल छन् । पूजा मण्डप, आवाशस्थल र साउन्डसिष्टम व्यवस्थापन उपसमितिमा संयोजकमा दामोदर पाध्या, सहसंयोजक नरहरि पौडेल र सदस्यहरूमा सुनिल पौडेल, मदन पौडेल र कृष्ण पौडेल रहेका छन् ।

प्रसाद तथा भान्छा व्यवस्थापन संयोजकमा श्रीलाल पौडेल, सह संयोजकमा कमलप्रसाद पौडेल र सदस्यमा किरण पौडेल, सुदन पौडेल छन् । समान ढुवानी तथा यातायात व्यवस्थापन उपसमितिमा संयोजक हरिराम पौडेल र सदस्यमा दीपक पौडेल र नरहरी पौडेल छन् ।

Advertisement

मन्दिर सरसफाई तथा मर्मत उपसमितिमा टेकनाथ पौडेल पौडेलको संयोजकत्वमा रवि पौडेल, इन्दिरा पौडेल, शान्ति पौडेल र सविता पौडेल सदस्य छन् । मन्दिर सरसफाई तथा मर्मत मंसिर १७ गते शनिबार विहान १०.०० बजे गरिने बताइएको छ ।

कूलपूजाको प्रचारप्रसारका लागि यस अघिको बैठकले वासुदेव पौडेलको संयोजकत्वमा दण्डपाणि पौडेल र दामोदर पाध्या रहेको प्रचारप्रसार उपसमिति गठन गरेको थियो ।
कुलपूजामा बरेली पौडेल बन्धुबाटै महागरुड पुराण पारायण गर्ने निर्णय समेत गरिएको सचिव कमलप्रसाद पौडेलले जानकारी दिए ।

बरेली पौडेल बंश तथा कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षता एवम सचिव कमलप्रसाद पौडेलको सञ्चालनमा भएको बैठकमा सल्लाहकार एवम सदस्य तीलकराम पौडेल, सोमनाथ पौडेल, प्रा. चतुर्भुज शर्मा पौडेल, पिताम्बर पौडेल, शंकरप्रसाद पौडेल,रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, किरण पौडेल, पशुपति पौडेल, दामोदर पाध्या, श्रीलाल पौडेल लगायतले विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया